Sunday, May 25, 2025
spot_img

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालको दुवै कम्पनीको नाफा घट्यो

spot_img
spot_img

कोकाकोला उत्पादन गर्ने दुवै कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन्। प्रकाशित विवरण अनुसार यस अवधिमा दुवै कम्पनीको खुद नाफा घटेको छ ।

यस अवधिमा बोटलर्स नेपाल बालजुको खुद नाफा ७३.३२ प्रतिशतले घटेर १ करोड ५९ लाख कायम भएको छ । कम्पनीको आफ्नो उत्पादन बिक्रीको आम्दानी पनि ७ अर्ब १८ करोडबाट घटेर ७ अर्ब ७ करोडमा सिमित भएको छ। कम्पनीको उत्पादन बिक्रीको लागत पनि ५ अर्ब १४ करोडबाट बढेर ५ अर्ब २७ करोड पुगेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँबाट घटेर ६ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुंजी १९ करोड ४८ लाख छ भने रिजर्भमा ६ अर्ब ५ करोड रहेको छ।

त्यस्तै यस अवधिमा बोटलर्स नेपाल तराईको खुद नाफा पनि घटेको छ। यस अवधिमा बोटलर्स नेपाल तराईको खुद नाफा ६९.११  प्रतिशतले घटेर ८ करोड ७ लाख  कायम भएको छ । कम्पनीको आफ्नो उत्पादन बिक्रीको आम्दानी पनि ५ अर्ब ८१  करोडबाट घटेर ४  अर्ब ९१ करोडमा सिमित भएको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८८ रुपैयाँबाट घटेर ८९ रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुंजी १२ करोड १० लाख छ भने रिजर्भमा ४ अर्ब ११ करोड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img