Sunday, May 25, 2025
spot_img

नाफामा गयो श्वेत गंगा हाइड्रो, ईपीएस ४.२७ रुपैयाँ

spot_img
spot_img

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन् लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनी नाफामा गएको छ ।

यस अवधिमा कम्पनीले ६ करोड ८० लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड २८ लाख घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५९ करोड ७६ लाखबाट बढेर ६५ करोड ७६ लाख पुगेको छ। विद्युत बिक्रीको आम्दानी बढ्नुको साथै ब्याज खर्च घटेपछि कम्पनी नाफामा गएको देखिन्छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाखमा सिमित भएको छ।

१ अर्ब ५९ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २१ लाख ७७ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ २७  पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ७६  रुपैयाँ ४९ पैसा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img