Friday, January 24, 2025
spot_img

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.९९ अंकले घटेर २७३८.०६ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ रुपैयाँ ८२ पैसाको कारोबार भएको छ। जस मध्ये एक्सेल डेभलपमेन्ट बैंककोस अर्वाधिक ३४ करोड ३१ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २८ करोड ९० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज जानकी फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ९.१५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये विकास बैंक, होटेल र ट्रेडिङ समूह बाहेक सबै समूहगत सूचक घटेका छन् । आज ट्रेडिङ समूह ९.०७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.५२ प्रतिशत बढेको छ। आज फाईनान्स समूह सर्वाधिक २.९६ प्रतिशत घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...