नेपालका दुई वटा ब्रोकर संघ एक आपसमा मर्ज भएका छन् । स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालबीच मर्जर भएको हो ।
मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल कायम भएको छ । सम्झौता अनुसार अब धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालका सदस्यलाई स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालमा एकमुष्ट सदस्यता प्रदान गरिने छ ।
सम्झौता पत्रमा स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालका तर्फबाट सागर ढकालले हस्ताक्षर गरेका छन् ।
स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल ३१ वर्ष लामो इतिहास भएको संगठन बताइएको छ ।
सम्झौतापत्र: