आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबारमा आएका ३०८ कम्पनीका १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९ रुपैयाँ ८ पैसाको कारोबार भएको छ। जस मध्ये जानकी फाइनान्सको सर्वाधिक ३३ करोड ८६ लाखको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै मकर जितुमाया सुरी हाइड्रो, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये बुथेली बुखरी स्मल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने कुमारी बैंकको ऋणपत्रको शेयर मूल्य ७.७४ प्रतिशत घटेको छ। त्यस्तै समाज लघुवित्त ४.९३ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये फाइनान्स समूह सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने ट्रेडिङ समूह सर्वाधिक १.६१ प्रतिशतले घटेको छ।