अन्तंत: नेपालका दुई वटा ब्रोकर संघ एक आपसमा मर्ज हुने भएका छन्। स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपालबीच मर्जर सम्झौता हुन लागेको हो।
आज साँझ काठमाडौँको एक होटेलमा मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन हो । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष भएपछि नयाँ ब्रोकरहरुलाई लाईसेन्स दिए। त्यसपछि नयाँ ब्रोकरहरुको छुट्टै संगठन दर्ता भएको थियो। अब भने समान कार्य गर्ने भएकोले दुबै संघ मर्ज हुन लागेका हुन् ।
हाल स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा छन् भने धितोपत्र ब्रोकर्स एसोसीएशन नेपालका अध्यक्ष सागर ढकाल छन् ।