नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर र स्टक डिलरहरुको सदस्यता नवीकरण गरेको छ । नेप्सेले आ.व. २०८१/८२ का लागि सदस्यता नवीकरण गरिएको जनाएको हो ।
धितोपत्रको दोस्रो बजारमा धितोपत्र कारोबार (खरिद तथा बिक्री) गर्न नेप्सेबाट २०८१ असोज मसान्तसम्म सदस्यता प्राप्त गरेका ९० वटा सदस्य दलाल कम्पनी र २ वटा धितोपत्र व्यापारीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ ।
ब्रोकर र स्टक डिलरले हरेक आर्थिक वर्षको सदस्यता नवीकरण गर्नु पर्ने व्यवस्था छ। हाल ९० ब्रोकर र २ स्टक डिलर कम्पनी रहेका छन् ।