Wednesday, June 18, 2025
spot_img

कुन बैंक, बीमा र फाइनान्ससँग कति छ सिईडीबी हाइड्रोपावरको शेयर ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिईडीबी हाइड्रोपावर कम्पनीको शेयर इन्भेष्टमेन्ट समूहमा सूचीकृत छ । सो समूहमा रहेका कम्पनी मध्ये सिईडीबीको शेयर मूल्य दोस्रो उच्च रहेको छ।

यो समाचार तयार पार्दा कम्पनीको शेयर मूल्य १६६९ रुपैयाँ छ भने पछिल्लो ५२ हप्ताको अवधिमा कम्पनीको शेयर मूल्य २३७० रुपैयाँसम्म पुगेको थियो ।

सिईडीबीमा विभिन्न बैंक, फाइनान्स, र बीमा कम्पनीहरुले पनि शेयर लगानी गरेका छन् । जस मध्ये एनएमबी बैंकसँग सिईडीबीको १ लाख ३३ हजार ८० दशमलव १२ कित्ता शेयर छ । त्यस्तै लक्ष्मी सनराइज बैंकसँग सिईडीबीको ४९ हजार ४ सय २ दशमलव ७७ कित्ता शेयर छ। त्यस्तै गरिमा विकास बैंकसँग सिईडीबीको २४ हजार ४४ कित्ता तथा सानिमा जीआईसी इन्स्योरेन्ससँग २० हजार ६ सय २ कित्ता शेयर छ । कतिपय बैंक तथा वित्तीय संस्थाको भने १ भन्दा बढी डिम्याट खातामा कम्पनीको शेयर देखिएको छ ।

नेप्सेमा सिईडीबीको कुल १ करोड ३ लाख ४२ हजार ३ सय ७१ कित्ता शेयर सूचीकृत छ । सिईडीबीले निष्काशन गरेको आईपीओ २०७८ वैशाख ३१ गते बाँडफाँड भएको थियो । कम्पनीको शेयरको लकइन अवधि २०८१ बैशाख ३० बाट सकिएको छ। अर्थात् अब कम्पनीको सबै शेयर साधारण शेयर सरह कारोबार हुन सक्छन् । सिईडीबी एक इन्भेष्टमेन्ट कम्पनी हो , जसले विभिन्न जलविद्युत आयोजनामा शेयर तथा ऋण लगानी गर्ने गरेको छ।

हेर्नुस् २०८१ कार्तिक ११ सम्म कायम शेयरधनीको विवरण अनुसार कुन बैंक, विकास बैंक, फाइनान्स तथा बीमासँग कति छ सिईडीबीको शेयर ?

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img