Monday, December 2, 2024

लकिङ खुलेपछि हाथवेले बेच्यो चन्द्रागिरी हिल्सको २ लाख ३२ हजार कित्ता शेयर

चन्द्रागिरी हिल्स लिमिटेडको लकइन अवधि खुलेपछि चन्द्रागिरी हिल्सको संस्थापक शेयरधनीको रुपमा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चन्द्रागिरीको २ लाख कित्ता बढी शेयर बेचेको खुलेको छ। हाथवेले चन्द्रागिरी हिल्सको २ लाख ३२ हजार १ सय २२ कित्ता शेयर बेचेको हो  ।

जुन कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट प्रष्ट देखिन्छ । आईपीओ निष्काशन गर्ने बेलामा चन्द्रागिरी हिल्सले सार्वजनिक गरेको विवरणपत्रमा हाथवेसँग चन्द्रागिरीको २ लाख ७० हजार कित्ता शेयर थियो  । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा भने हाथवेसँग चन्द्रागिरीको ३७ हजार ८ सय ७८ कित्ता शेयर मात्र बाँकि छ  । हाथवेले बाँकि शेयर भने बिक्री गरेको हो  ।

चन्द्रागिरीको लकइन अवधि २०८० माघ ८ गते सकिएको थियो । त्यसपछि हाथवेले चन्द्रागिरीको शेयर बिक्री गरेको हो ।हाथवेले कुन मूल्यमा ति शेयर बेच्यो भन्ने प्रष्ट छैन, तर औसतमा प्रति शेयर ९०० रुपैयाँका दरले शेयर बेचेको भएपनि कम्पनीले यसबाट २० करोड ८९ लाख बढी आम्दानी गरेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा हाथवेले कम्पनीको खुद नाफा ४५० प्रतिशतले बढेर ८ करोड ३९ लाख ९२ हजार पुगेको वित्तीय विवरण सार्वजनिक गरेको थियो। जसमा व्यवसायबाट भएको आम्दानी २५ करोड ८२ लाख थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img