spot_img

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२ औ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाउन पुँजी बजारमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका हुन्।

यसका लागि सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको क्रमशः कार्यान्वयन गरिरहेको उनको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोवल बढाउन, छरिएर रहेका साना पुँजी एकत्रित गरी ठुला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको उनले उल्लेख गरेका छन् ।  लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको पनि प्रचण्डले बताएका छन्।

धितोपत्र बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षा प्रचण्डले ब्यक्त गरेका छन्।

उनले नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...