Monday, July 14, 2025

कुथेली बुखरीको शेयर मूल्य हाइड्रो कै इतिहासको उच्च, तोडियो चिलिमेको रेकर्ड

spot_img
spot_img

आज कुथेली बुखरीको शेयर मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ। आज कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर २८ सय ४९ रुपैयाँमा पुगेको हो ।

यो कुथेलीको हालसम्म कै उच्च मूल्य मात्र नभई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हाइड्रोहरु मध्ये कै हालसम्म कै उच्च मूल्य हो। यस अघि हाइड्रोहरु मध्ये चिलिमे जलविद्युत कम्पनीको शेयर मूल्यले उच्च बिन्दु अर्थात २ हजार ७ सय ९४ को बिन्दु कायम गरेको थियो । यो २०७१ सालमा थियो ।

आज कुथेलीले सो मूल्य पनि तोड्दै २८ सय ४९ रुपैयाँमा हाइड्रोको इतिहास कै उच्च मूल्य कायम गरेको हो । यद्यपि चिलिमेको तुलनामा कुथेलीको शेयर संख्या एकदमै न्यून रहेकोले कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्सेमा कुथेलीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर मात्र सूचीकृत छ । जस मध्ये हाल कम्पनीको पब्लिक शेयर २ लाख ४३ हजार ७ सय ३५ कित्ता मात्र कारोबार हुन्छ । बाँकि रहेको प्रमोटर शेयरको लकिंग अवधि नखुलेकोले कारोबार हुँदैन ।

यस कम्पनीले ०.९९८ मेगावाट क्षमताको सुस्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बरदेखि विद्युत उत्पादन गरिरहेको छ।

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img