Thursday, November 14, 2024
spot_img

शेयरबजारमा दोहोरो अङ्कको वृद्धि, निर्जीवन बीमा समूहमा झुम्मिए लगानीकर्ता

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४६.६९ अंकले बढेर २६९२.०५ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३१९ कम्पनीका १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ ३३ पैसाको कारोबार भएको छ। जस मध्ये समृद्धि फाइनान्सको सर्वाधिक २४ करोड ७१ लाखको कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख तथा सप्तकोशी डेभलमेन्टको १४ करोड २२ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, र कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९८ प्रतिशत तथा समाज लघुवित्तको शेयर मूल्य ९.१८ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये निफ्रा उर्जा ऋणपत्रको शेयर मूल्य सर्वाधिक १.९५ प्रतिशत घटेको छ भने सेन्ट्रल फाइनान्सको शेयर मूल्य १.८८ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये निर्जीवन बीमा समूह सर्वाधिक ३.६० प्रतिशत बढेको छ भने होटेल समूह २.७७ प्रतिशत बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रामेछापमा साढे २२ करोडको जुनार फल्ने अनुमान

यतिबेला रामेछापका जुनार बगैँचाहरु पहेँलपूर हुँदै छन् । जुनारको...

मर्ज भए दुईवटा ब्रोकर संघ, यस्तो छ ४ बुँदे सम्झौता

नेपालका दुई वटा ब्रोकर संघ एक आपसमा मर्ज भएका...

१/२ वटा उद्योग डुबेर केही पनि हुँदैनः कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठे...

केपी ओलीलाई कुलमानको चुनौती, ‘सरकारले बिजुलीको बिल ठिक छ कि छैन भन्ने होइन’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी...

राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न खोज्दा बैंकहरु १८ अर्ब मात्रै दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

शेयरबजारमा १४ अङ्कको गिरावट, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज...
spot_img
spot_img