Sunday, October 6, 2024
spot_img

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको छ। सातामा ५ दिन शेयर कारोबार हुने गरेकोमा अर्को साता २ दिन सार्वजनिक विदा परेपछि शेयर बजार ३ दिन मात्र खुला रहने भएको हो ।

अर्को साता भदौ ३० गते आइतबार र भदौ ३१ गते सोमबार शेयर कारोबार हुने छ। असोज १ गते मंगलबार इन्द्र जात्रा परेको छ। इन्द्र जात्रामा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने गर्दछ । काठमाडौँमा सार्वजनिक विदा हुँदा शेयर बजार पनि बन्द रहन्छ । सोहि कारण असोज १ गते शेयर कारोबार हुने छैन ।

असोज २ गते बुधबार शेयर कारोबार हुने छ । असोज ३ गते बिहीबार  संविधान दिवस अर्थात् राष्ट्रिय दिवस रहेकोले सो दिन सार्वजनिक विदा रहेको छ । यस हिसाबमा अर्को साता आइतबार, सोमबार, र बुधबार मात्र शेयर कारोबार हुने छ ।

असोज महिनामा दशैँ समेत परेकोले यो महिना १६ दिन मात्र शेयर कारोबार हुने छ ।

 

 

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ)...

सडक खराब हुँदा पनि ४ दिनमा १ लाख २६ हजारले छोडे काठमाडौँ

दशैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या...

नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धनको समझदारी

नेपाल र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धन सम्वन्धमा सहकार्यको...

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषले ५१...

दशैँका लागि काठमाडौँ ल्याइए खसीबोका, कहिलेबाट सुरु हुन्छ बिक्री ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँमा बिक्रीका लागि...

रामेछापका ८ वटै पालिका ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद्...