यस साता शेयरबजार परिसूचक नेप्से १.४२ प्रतिशतले घटेको छ। गत साता नेप्से सूचक २७२७.३६ रहेकोमा यस साता २६८८.५३ को बिन्दुमा पुगेर रोकिएको छ।
यस साता कारोबारमा आएका समूहगत सूचक मध्ये इन्भेष्टमेन्ट बाहेकक सबै सूचक घटेका छन्। इन्भेष्टमेन्ट समूह भने १.०४ प्रतिशत बढेको छ।
यस साता लाइफ इन्स्योरेन्स समूह सर्वाधिक ३.१४ प्रतिशत घटेको छ भने विकास बैंक समूह ३.०१ प्रतिशत घटेको छ । त्यस्तै होटेल तथा टुरिजम समूह २.४१ प्रतिशतले घटेको छ भने बैंकिंग समूह २.३१ प्रतिशत तथा निर्जीवन बीमा समूह २.१४ प्रतिशत घटेको छ।
हेर्नुस् साताभर कुन समूह कति घटबढ भयो ?