Friday, May 23, 2025
spot_img

दोहोरो अंकले घट्यो शेयरबजार: लघुवित्तमा लगानीकर्ताको आकर्षण

spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३१६ कम्पनीका २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँ ३१ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक ४० करोड ५० लाखको कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयर मूल्य ९.१४ प्रतिशत बढेको छ। त्यस्तै नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य ८.४३ प्रतिशत तथा अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ७.९२ प्रतिशत बढेको छ।

आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ८.९१ प्रतिशत घटेको छ भने बिन्धवासिनी हाइड्रोको शेयर मूल्य ५.७७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये लघुवित्त र ट्रेडिङ समूह मात्र बढेका छन् । आज लघुवित्त समूह सर्वाधिक १.६८ प्रतिशत बढेको छ। आज इन्भेष्टमेन्ट समूह १.३६ प्रतिशत घटेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img