आज मंगलबार शेयरबजार परिसूचक नेप्से तेहोरो अंकले घटेको छ। आज नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३३० कम्पनीका ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता शेयर खरिद बिक्रीबाट १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७० रुपैयाँ ३५ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६५ करोड ४२ लाखको कारोबार भएको छ भने अपि पावर कम्पनीको ५१ करोड ७५ लाखको कारोबार भएको छ। त्यस्तै अरुण भ्याली हाइड्रोको ४५ करोड ६३ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये तारागाउँ रिजेन्सी होटेल, आत्मनिर्भर लघुवित्त, र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै थ्री स्टार हाइड्रोको शेयर मूल्य ९.८१ प्रतिशत तथा कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.४५ प्रतिशत बढेको छ ।
आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने रिडी पावर कम्पनीको शेयर मूल्य ८.५८ प्रतिशत घटेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर मूल्य ७.६७ प्रतिशत तथा शिवश्री हाइड्रोको शेयर मूल्य ७.४८ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये होटेल तथा टुरिजम समूह ०.४३ प्रतिशत बढेको छ । बाँकि सबै समूहगत सूचक घटेका छन् । जस मध्ये बैंकिंग समूह सर्वाधिक ४.९२ प्रतिशत तथा फाइनान्स समूह ४.६९ प्रतिशत घटेको छ ।