नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १० लाखब कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ। आज नेप्सेमा सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मेलुङखोला जलविद्युत कम्पनीको गरि कुल १० लाख ५ हजार १ सय १९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आज सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशतले हुन आउने ९ लाख २३ हजार ३ सय ५१ कित्ता बोनस शेयर र मैलुङखोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशतले हुन आउने ८१ हजार ७ सय ६८ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।