Monday, February 17, 2025
spot_img

शेयर बजारमा करेक्सन, माइक्रोफाइनान्स बाहेक सबै उपसमूह घटे

साताको पहिलो दिन आज आइतबार शेयर बजारमा करेक्सन आएको छ। आज शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका  ३३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता शेयर खरिद बिक्रीबाट कुल १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ ६४ पैसाको कारोबार भएको छ। जस मध्ये अपि पावरको सर्वाधिक ८४ करोड ६८ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये विन नेपाल लघुवित्त, उपकार लघुवित्त, र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। आज थ्री स्टार हाइड्रोको शेयर मूल्य ९.९४ प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयर मूल्य ८.१४ प्रतिशत बढेको छ ।

आज मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९१ प्रतिशत घटेको छ भने कुमारी बैंकको ऋणपत्रको शेयर मूल्य ९.०९ प्रतिशत घटेको छ । त्यस्तै कुथेली बुखारी हाइड्रोको शेयर मूल्य ७.९४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक बढेको छ । आज माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । आज इन्भेष्टमेन्ट समूह सर्वाधिक ३.८३ प्रतिशत घटेको छ।

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...