Friday, May 23, 2025
spot_img

सकिँदै सिडिएसका सीइओ आचार्यको कार्यकाल, ४ वर्षमा के के गरे काम ?

spot_img

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको कार्यकाल २०८१ भदौ ९ गते सकिँदै छ। २०७७ भदौ ९ गतेबाट उनले सिडिएसको सीईओको रुपमा कार्यभार सम्हालेका थिए।

सिडिएसमा सीइओको कार्यकाल ४ वर्ष हुने व्यवस्था अनुसार उनको कार्यकाल सकिन लागेको हो। आफ्नो ४ वर्षे कार्यकालमा सीइओ आचार्यले तथ्यांकको भरपर्दो सुरक्षाको लागि डिजास्टर रिकभरी सेन्टर तयार पार्नेदेखि केन्द्रिकृत ग्राहक पहिचान विवरण लागु गर्नेसम्मका कार्य गरेका छन् ।

उनको कार्यकलामा सिडिएसले आफ्नो माउ कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई लगातार दुई पटक १०० प्रतिशत लाभांश प्रदान गरेको छ । सिडिएसले आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत लाभांश वितरण गरेकोमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा समान १०० प्रतिशत लाभांश वितरण गरेको थियो । यी आर्थिक वर्षमा कम्पनीले क्रमश २५ करोड, २५ करोड ५९ लाख तथा १७ करोड ३९ लाख आयकर दाखिला गरेको छ। सिडिएस हरेक वर्ष बढी कर तिर्ने करदाताको रुपमा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित हुँदै आएको छ।

यस्ता छन् सीइओ आचार्यको कार्यकालको सिडिएसले गरेका मुख्य मुख्य कार्य : 

१. कर्मचारीहरुलाई उत्प्ररित गराइ गुणस्तरीय सेवा प्रवाहगरि संस्थाका तोकिएका लक्ष्य प्राप्तीका लागी समयमा नै सबै बढुवा, खुल्ला पदपुर्तिका कार्यहरु सम्पन्न गरिएको ।

२. संस्थामा प्रयोग भइरहेको system – CDAS, CNS पुरानो version मा रहेकाले upgradation को कार्य सम्पन्न गरि web base मा लगिएको ।

३.  सिडिएसले बिभिन्न सुविधा सहित प्रयोगमा ल्याएको मेरोशेयर सफ्टवेयरको मोबाइल एप तयार गरि कार्यान्वयनमा ल्याईएको ।

४. शेयर कारोबारको राफसाफ कारोबार भएको तेश्रो दिनमा हुने गरेकोमा दोश्रो दिनमै (T+2 ) हुने व्यवस्था  माघ ११, २०७७ देखि कार्यान्वयनमा ल्याइएको ।

५. Initial Public Offering (IPO) Result पत्रपत्रिकालाई वितरण गर्न नपाइने नियमावलीमा भएको व्यवस्था अनुसार सो बन्द गराई सिडिएसले iporesult.cdsc.com.np web portal तयार गरि ३० लाखसम्म लगानीकर्ताले भर्ने गरेकोले उक्त लगानीकर्ताले सहज भर्न सक्ने प्रणाली बिकास गरीएको साथै आईपीओको रिजल्ट पोर्टल तयार गरि कार्यान्वयन गरिएको ।

६. Desktop based CDAS Web based मा upgrade गरि १०९ बटा सबै DP हरुमा विस्तार गरिएको ।

७. API निर्देशिका तयार गरि धितो पत्र बोर्डबाट स्वीकृत गराई API सफ्टवेयर विकास गरि कार्यान्वयन गरिएको ।

८. CKYC( Centralized Know your Customer) निर्देशिका तयार गरि धितोपत्र बोर्डबाट स्वीकृत गराई सो को software तयार गरि मिति २०८०/४/१ देखि केन्द्रिकृत ग्राहक पहिचान बिवरण लागु गरिएको छ ।

९. सिडिएसको पुँजी पुनर्संरचना निर्णयलाई अन्तिम रूप दिन Due Diligence Audit को कार्य गरिएको।

१०. मेरोसेयर सफ्टवेयरमा सुधार कार्यहरू जारी राखिएको ।  प्रायः सर्भर र आईपीओ आवेदन सम्बन्धी समस्या रहेकोमा मेरोशेयरलाई स्तरोन्नति गरि सहज ढंगले संचालन गर्ने व्यबस्था मिलाएको र जति पनि आबेदनहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने बनाइएको ।

११. CDAS र CNS सफ्टवेयर प्रणालीहरूको ब्याक – एन्ड अपग्रेडको काम सम्पन्न गरिएको ।

१२. व्यापार सेटलमेन्ट पछि CNS मा Batch File अपलोड गर्ने संयन्त्र पूरा गरिएको, जसले ब्रोकर कार्यालयहरूमा जनशक्तिको आवश्यकता कम गरेको र सेटलमेन्ट प्रक्रियालाई अधिक प्रभावकारी बनाएको ।

१४. Deposit Participants (DP) को कामलाई कम गर्न र ग्राहकलाई सहजता प्रदान गर्न मेरोशेयरका ग्राहकहरू आफैँले पासवर्ड पुनः रिसेट गर्न सकने व्यवस्था कार्यान्वयन गरिएको।

१५. डिपोजिट सहभागीहरूद्वारा ब्रोकरहरूलाई सजिलो रूपमा इमेल गर्नको लागि मास मेलिंग प्रणाली कार्यान्वयन गरिएको ।

१६.  सिडिएसमा थप कार्यहरू स्वचालित गर्न, FACT सफ्टवेयर बिलिंग प्रणालीको सम्भावनाहरू अध्ययन गरिँ कार्यान्वयन गरिसकिएको जसले लेखा र Reconciliation, payroll generate, employees record keeping जस्ता कार्य प्रणाली मार्फत गरि कर्मचारीको कार्यभारलाई कम गर्ने।

१७. सूचना प्रविधि नीति तयार गरि धितोपत्र बोर्डबाट स्वीकृत गराई क्रमशः कार्यान्वयनको चरणमा रहेको। बिगत ५ बर्ष पछि IT System Audit गराइ सुझावहरु कार्यान्वयन भइरहेको।

१८. हाल ४७ खर्ब पुँजीकरण रहेको शेयरबजारको अभिलेखलाई सुरक्षित राखि दैनिक कारोबार संचालन गर्न प्राथमिक डाटा सेन्टर सिंहदरबारमा रहेकोमा थप सुरक्षाको लागी हेटौडामा डिजास्टर रिकभरी सेन्टर स्थापना गरि संचालनमा आ.व. २०८०/८१ देखि ल्याइएको।

१९.  बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई औपचारीक माध्यम बाट रेमीटान्स भित्रयाउन प्रोत्साहित गर्ने उदेश्यले १० प्रतिशत साधारण शेयर छुट्याइ भर्न दिने नियमको कार्यान्वयनको लागी सहज बनाउन online बाट भर्न सक्ने व्यवस्था कार्यान्वयन गरिएको ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img