नेपाल धितोपत्र बोर्डले विभिन्न ३ पदमा गरि कुल ६ जना कर्मचारी माग गरेको छ । बोर्डले खुला प्रतिस्पर्धाबाट छनौट गर्ने गरि सहायक निर्देशक, बरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग गरेको हो ।
बोर्डले ३ जना सहायक, १ जना बरिष्ठ सहायक र २ जना सहायक निर्देशक माग गरेको हो । बोर्डका अनुसार अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त, अर्थशास्त्र, व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा वाणिज्य कानून मूल विषय लिई कानूनमा ‚नातकोत्तर उपाधि प्राप्त गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा चार्टर्ड फाइनान्सियल एनालिष्ट उपाधि हासिल गरेको हुनुपर्ने छ ।
त्यस्तै सहायक प्रथम श्रेणी, प्रशासन सेवा, वरिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त, अर्थशास्त्र, व्यवस्थापन वा बाणिज्य मूल विषय लिई कानून वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक द्वितीय श्रेणी, प्रशासन सेवा, सहायक पदका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
अधिकृत तृतीय श्रेणीका पदहरूको हकमा २०८१ भदौ २७ सम्म २१ वर्ष उमेर पुरा ३५ वर्ष ननाघेको तर महिला
उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने छ । सहायक प्रथम र द्वितीय श्रेणीका पदहरूको हकमा २०८१ भदौ २१ २१ सम्म १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको तर महिला उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने छ ।
इच्छुक तथा योग्य आवेदकले २०८१ भदौ २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०८१ असोज ३ गतेसम्म आवेदन दिन सक्ने छन् । धितोपत्र बोर्डको वेबसाइटमा रहेको https://career.sebon.gov.np मार्फत अनलाइन आवेदन दिनु पर्ने छ भने परीक्षा दस्तुर पनि अनलाइन नै तिर्नु पर्ने छ ।
यस अलावा बोर्डले बरिष्ठ सहायक पदमा एक जनाको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा गर्ने भएको छ भने अर्का १ जनालाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने छ ।