Monday, February 17, 2025
spot_img

धितोपत्र बोर्डको सञ्चालकमा महासंघबाट महानिर्देशक अवस्थी सिफारिस

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । पूँजी बजारको नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान छ । जस अनुसार महासंघका अध्यक्ष चन्द्र ढकालले गत शुक्रबार महानिर्देशक अवस्थिलाई सिफारिस गरेका हुन् ।

यसअघि महासंघको प्रतिनिधित्व गर्दै उपाध्यक्ष सुरकृष्ण वैद्य सेबोनको सञ्चालक थिए । उनी जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले महासंघकै गतिविधिमा उनको व्यस्तता बढी भएपछि उनलाई फिर्ता ल्याउँदै अध्यक्ष ढकालले महानिर्देशक अवस्थीलाई सिफारिस गरेका हुन् ।

उनले सपथ ग्रहण भने गर्न बाँकी छ । अब बस्ने सेबोन सञ्चालक समितिको बैठकमै उनको पनि सपथ हुने बताइएको छ ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी काठमाडौँ विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् ।

भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका अवस्थीसँग नेपालस्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा समेत काम गरेको अुनभव छ । दुई दशक सक्रिय पत्रकारिता गरेका अवस्थी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पनि हुन । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘मनेजर अफ द ऐयर २०२३’समेत प्राप्त गरेका छ्न् ।

- Advertisement -

spot_img

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...

संसद बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै...