नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत भएको छ। आज कम्पनीको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कम्पनीले साउन ४ देखि साउन ८ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । कम्पनीको एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश पाउने छन् ।