Tuesday, March 18, 2025
spot_img
spot_img

शेयरबजारमा करेक्सन: २८८३ करोडको कारोबार, होटेल समूहमा सर्वाधिक गिरावट

आज आइतबार शेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ। आज नेप्से सूचक ३४.४७ अंकले घटेर २९६६.३३ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँ १२ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ८२ करोड १४ लाखको कारोबार भएको छ भने अपि पावरको ७८ करोड ७६ लाखको कारोबार भएको छ।  त्यस्तै कुमारी बैंकको ६५ करोड ९३ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सम्पदा लघुवित्त, मल्टीपर्पस फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै लिबर्टी इनर्जीको शेयर मूल्य ९.९३ प्रतिशत तथा रिलायन्स फाइनान्स ६.९९ प्रतिशत बढेको छ।

आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य ८.५२ प्रतिशत घटेको छ। त्यस्तै न्यादी हाइड्रोको शेयर मूल्य ८.४६ प्रतिशत तथा शुभम पावरको शेयर मूल्य ७.७४ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये बैंकिंग समूह, लाइफ इन्स्योरेन्स समूह, म्युचुअल फण्ड समूह, र निर्जीवन बीमा समूहका समूहगत सूचक बढेका छन् । बाँकि सबै समूहगत सूचक घटेका छन् । जस मध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक ४.४९ प्रतिशत घटेको छ। आज बैंकिंग समूह सर्वाधिक ०.८४ प्रतिशत बढेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img