Wednesday, July 9, 2025

एचआइडीसीएल बन्यो शेयरबजारको दशौँ ठूलो कम्पनी, एनआईसी टप टेनबाट बाहिरियो

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) बजार पुँजीकरणको हिसाबले नेपाल स्टक एक्सचेन्ज नेप्सेको दशौ ठूलो कम्पनी बनेको छ । आजको शेयर कारोबारपछि कम्पनीको कुल बजार पुँजीकरण ८१ अर्ब ६८ करोड ५० लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ।

हिजोको कारोबार बन्द हुँदा कम्पनी ७४ अर्ब २५ करोड बजार पुँजीकरण सहित ११ औ स्थानमा थियो । आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेपपछि कम्पनीको बजार पुँजीकरण बढेर १० औ ठूलो कम्पनी बनेको हो । आज कम्पनीको शेयर मूल्य ३०.१० रुपैयाँले बढेर ३३१ रुपैयाँ १० पैसा कायम भएको छ।

यस अघि बजार पुँजीकरणको हिसाबमा ११ औ स्थानमा एचआइडीसीएल दशौ ठूलो कम्पनी बनेसंगै १० औ नम्बरमा रहेको एनआईसी एशिया बैंक भने टप टेनबाट बाहिरिएको छ। एनआईसी एशिया बैंक ७७ अर्ब ५७ करोड बजार पुँजीकरण सहित ११ औ स्थानमा रहेको छ ।

यस्ता छन् बजार पुँजीकरणको हिसाबमा शिर्ष १५ ठूला कम्पनी र तिनको बजार पुँजीकरण (साउन ३० पछिको कारोबार अनुसार) 

नेपाल टेलिकम : १ खर्ब २ अर्ब

नबिल बैंक: १ खर्ब ७४ अर्ब

नागरिक लगानी कोष १ खर्ब ४४ अर्ब

नेपाल पुनर्बीमा कम्पनी : १ खर्ब २९ अर्ब

हिमालयन रि इन्स्योरेन्स : १ खर्ब ५ अर्ब

ग्लोबल आइएमई बैंक : ९३ अर्ब ६० करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : ८४ अर्ब ९८ करोड

नेपाल लाइफ इन्स्योरेन्स : ८४ अर्ब ५४ करोड

एभरेष्ट बैंक : ८२ अर्ब ७२ करोड

एचआइडीसीएल: ८१ अर्ब ६८ करोड

एनआईसी एशिया बैंक : ७७ अर्ब ५७ करोड

निफ्रा: ७३ अर्ब ४४ करोड

स्ट्याण्डर्ड चार्टर्ड बैंक: ६६ अर्ब ३६ करोड

कुमारी बैंक : ६१ अर्ब ६३ करोड

प्रभु बैंक ६० अर्ब ३ करोड

 

 

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img