आज २०८१ साउन २७ गते आइतबार नेपाल शेयरबजारको इतिहास मै पहिलो पटक २५ अर्ब बढीको शेयर कारोबार भएको छ। आज शेयर बजारमा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ ९० पैसाको कारोबार भएको हो ।
यस अघि २०८१ साउन २२ गते २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । आज सो रेकर्ड तोडिएको हो।
आज शेयर बजार परिसूचक नेप्से भने ९४.५३ अंकले बढेर २८६०.९१ को बिन्दुमा पुगेको छ ।












