नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्ने ठेक्का शुभश्री टेक्नोलोजीले पाएको छ । प्राविधिक रुपमा छनौट भएका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्दा सबैभन्दा कम मूल्य कबुल गरेकोले शुभश्रीलाई ठेक्का प्रदान गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार Subhashree Technologies Pvt.Ltd. लाइ भ्याट बाहेक १ करोड ३३ लाख २७ हजार २ सय ९९ रुपैयाँमा ठेक्का प्रदान गरिएको हो । नेप्सेले भदौ ५ गते अफ्नो डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्नको लागि टेण्डर आह्वान गरेको थियो।
जसमा आवेदन दिएका मध्ये ३ कम्पनी प्राविधिक रुपमा योग्य भएका थिए। प्राविधिक रुपमा योग्य ठहर भएका कम्पनीमा Cypher Technology Pvt.Ltd , Netfiniti Pvt.Ltd. र Subhashree Technologies Pvt.Ltd. रहेका थिए।
नेप्सेले कार्तिक २५ गते बिहान ११ बजेको आर्थिक प्रस्ताव खोलेको थियो । आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्य कबुल गरेको कम्पनीले ठेक्का पाएको हो।












