नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नबिल बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ । बैंकले साउनमा निष्काशन गरेको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो।
ऋणपत्र सूचीकृत भएसंगै बिहीबारबाट यसको कारोबार हुनेछ। NABILD2089 सिम्बलबाट यी ऋणपत्रको कारोबार हुनेछ ।
८ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।












