spot_img

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर BUNGAL सिम्बलबाट कारोबार हुने छ।

बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असोज २ गते बिहीबार  बाँडफाँड भएको थियो ।  कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म  आम सर्वसाधारणलाई  १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...