नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले संचालन गरेको एन आई ३१ म्युचुअल फण्ड योजनाले २०८२ असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार असोज मसान्तसम्ममा फण्डको प्रति इकाई खुद सम्पति मूल्य ९.६५ रुपैयाँ रहेको छ। यस फण्डले सूचीकृत कम्पनीको शेयरमा ९५ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ।
फण्डले ३१ वटा कम्पनीको शेयरमा लगानी गरेको हो। फण्डले शेयर बजारमा सुचिकृत भएका कम्पनी मध्ये ३१ वटा उत्कृष्ट कम्पनी छानेर ति ३१ कम्पनीमा मात्र लगानी गर्ने बताएको थियो। यो इन्डेक्स फण्ड अवधारणमा आधारित नेपाल कै पहिलो खुलामुखी योजना हो। नबिल इन्भेष्टमेन्टको रिसर्च टिमको अनुसन्धानबाट छनौट भएका नेप्सेमा सूचीकृत उत्कृष्ट ३१ वटा कम्पनीहरुमा मात्र यस फण्डले लगानी गर्ने उल्लेख गरेको थियो। नबिल इन्भेष्टमेन्टका अनुसार एक पटक छनौट भएका कम्पनीहरु ६/६ महिनापछि मात्र हेरफेर हुन्छ र नेप्सेमा सूचीकृत सम्पुर्ण क्षेत्रहरुलाई समेटेर सन्तुलित पोर्टफोलियोको निर्माण गरिने छ।
यस्ता छन् फण्डले लगानी गरेका ३१ कम्पनी र लगानी गरिएको शेयर कित्ता
कृषि विकास बैंक : १२२३० कित्ता
एभरेष्ट बैंक : ७२०० कित्ता
ग्लोबल आईएमई बैंक: ३२७९० कित्ता
नेपाल इन्भेष्टमेन्टमेन्ट मेगा बैंक : १७००० कित्ता
प्राइम कमर्शियल बैंक : १२६४६ कित्ता
गरिमा विकास बैंक: ५३०० कित्ता
कामना सेवा विकास बैंक : ८८०० कित्ता
मुक्तिनाथ विकास बैंक : १२००० कित्ता
आईसीएफसी फाइनान्स : १७०० कित्ता
मन्जुश्री फाइनान्स : २०६३ कित्ता
छिमेक लघुवित्त : ३५०० कित्ता
नेशनल लघुवित्त : १५०० कित्ता
स्वरोजगार लघुवित्त : ७०० कित्ता
सिटिजन लाइफ इन्स्योरेन्स : २१४३ कित्ता
लाइफ इन्स्योरेन्स कर्पोरेशन : १४६२ कित्ता
नेपाल लाइफ इन्स्योरेन्स : ५७५० कित्ता
नेको इन्स्योरेन्स : ८६३ कित्ता
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : २८४९ कित्ता
अरुण भ्याली हाइड्रो : ११५५० कित्ता
बुटवल पावर : १०००० कित्ता
नेपाल हाइड्रो डेभलपर : ५०० कित्ता
साहस उर्जा : ७००० कित्ता
सानिमा माई हाइड्रो : ८४३३ कित्ता
हिमालय डिस्टिलरी: १०० कित्ता
सर्वोत्तम सिमेन्ट : २००० कित्ता
सोल्टी होटेल : १०० कित्ता
तारागाउँ रिजेन्सी होटेल : १०० कित्ता
सीईडीबि होल्डिंग : ४६६४ कित्ता
एनआरएन इन्फ्रास्ट्रकचर : ३८४४ कित्ता
हिमालयन रिइन्स्योरेन्स : १०००० कित्ता
नेपाल टेलिकम : १६२४ कित्ता











