Tuesday, August 18, 2026
spot_img

साउनमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार, यी हुन् धेरै कमाउने र गुमाउने कम्पनी

spot_img

साउन महिनाभरको अवधिमा शेयरबजार परिसूचक नेप्से ६.४२ अंकले घटेको छ। समुहगत सूचकतर्फ भने ६ वटा समूहगत बढेका छन् भने बाँकि समूहगत सूचक घटेका छन् ।

साउनमा अदर्श समूहको सूचक सर्वाधिक १३.१० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशत बढेको छ। म्युचुअल फण्ड समूह १.०९ प्रतिशत, ट्रेडिङ समूह ०.६६ प्रतिशत, लघुवित्त समूह ०.४९ प्रतिशत तथा होटेल तथा टुरिजम समूह ०.१३ प्रतिशत बढेको छ।

साउनभर बैंकिंग समूह सर्वाधिक ४.६३ प्रतिशत घटेको छ भने फाइनान्स समूह २.६९ प्रतिशत घटेको छ। त्यस्तै निर्जीवन बीमा समूह २.४४ प्रतिशत, जीवन बीमा समूह १.५४ प्रतिशत, विकास बैंक समूह १.४० प्रतिशत, हाइड्रो समूह १.२२ प्रतिशत तथा लगानी समूह ०.९७ प्रतिशत घटेको छ।

साउनमहिनाभरमा ट्रेड टावर लिमिटेडको शेयर मूल्य सर्वाधिक १५६.३८ प्रतिशत, सान्भी इनर्जीको शेयर मूल्य ९६.३५ प्रतिशत, इन्फिनिटी लघुवित्तको शेयर मूल्य ३४.८६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य २६.४६ प्रतिशत तथा समाज लघुवित्तको शेयर मूल्य २०.५८ प्रतिशत बढेको छ।

त्यस्तै साउनभरमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक १९.६६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य १८.१४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १५.७७ प्रतिशत, दोर्दीखोला हाइड्रोको शेयर मूल्य १५.६० प्रतिशत तथा समृद्धि फाइनान्सको शेयर मूल्य १३.१७ प्रतिशत घटेको छ।

साउन महिनामा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ११ अर्ब ६ करोडको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० अर्ब ४४ करोडको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको ९ अर्ब ४७ करोडको कारोबार भएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img