नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यमा सिए. आनन्द राज शर्मा वाग्ले मनिनोत भएका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का उपाध्यक्ष हुन् । आईक्यानले आफ्नो प्रतिनिधिको रुपमा उनलाई धितोपत्र बोर्डमा बोर्ड सदस्य मनोनित गरेको हो ।
सिए. आनन्द राज शर्मा वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार स्वागत गर्नुका साथै शपथ ग्रहण गराएका छन्। उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए. आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए. आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो ।
यस संगै धितोपत्र बोर्डको संचालक समितिले पूर्णता पाएको छ। यस अघि बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघबाट उपाध्यक्ष हेमराज ढकाल बोर्डमा बोर्ड सदस्य भएका छन् ।









