नेपाल धितोपत्र बोर्डले दुई वटा ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई कारवाही गरेको हो।
बोर्डको असार १३ गतेको निर्णय अनुसार यी ब्रोकर कारवाहीमा परेका हुन् । बोर्डले दुवै कम्पनीलाई ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८० ।८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम प्रथम पटकको लागि रु. ५,००० आर्थिक जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।









