Tuesday, July 15, 2025

४५ दिनदेखि नेप्सेमा अध्यक्ष पद खाली: बजेट पारित र एसएमईको नियमावली रोकियो

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४५ दिनदेखि अध्यक्ष पद रिक्त रहेको छ। यस अघि नेप्सेमा अध्यक्ष रहेका शोभाकान्त पौडेल सचिवमा बढुवा भएसंगै नेप्सेमा अध्यक्ष पद रिक्त भएको हो।

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव रहेका शोभाकान्त पौडेलले सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। नेप्सेमा अर्थ मन्त्रालयले मन्त्रालय कै एक जना सहसचिवलाई अध्यक्षको रुपमा पठाउने गरेको छ। तर नेप्सेमा अध्यक्ष रिक्त भएको ४५ दिन बितिसक्दा पनि अर्थले नेप्सेमा अध्यक्ष नपठाएपछि नेप्सेमा केही महत्वपूर्ण कामहरु रोकिएका छन्।

नेप्सेले यहि असार मसान्तभित्र नै आर्थिक वर्ष २०८२/८३ को लागि नेप्सेको बजेट र कार्यक्रम नेप्सेको संचालक समितिबाट पारित गरिसक्नु पर्छ। हाल अध्यक्ष नहुँदा नेप्से संचालक समितिको बैठक बस्न सकेको छैन भने बजेट र कार्यक्रम पारित हुन पाएको छैन । असार मसान्तसम्म बजेट र कार्यक्रम पारित नभएमा नयाँ आर्थिक वर्षबाट नेप्सेलाई नियमित कामकाजमै समस्या पर्न सक्छ।

त्यस्तै नेप्सेको व्यवस्थापन समितिले पारित गरेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८१ को मस्यौदा पनि संचालक समितिमा पुगेको छ। तर अध्यक्ष नभएर संचालक समितिको बैठक बस्न नसक्दा नियमावली पारित गर्ने कार्य पनि अड्किएको छ ।

अध्यक्ष पठाउनको लागि मन्त्रालयमा आग्रह गर्दा मन्त्रालयले छिट्टै पठाउने बताउने गरेको र तर अझै पनि नपठाएको नेप्सेले जनाएको छ । नयाँ अध्यक्ष आएपछि पहिलो काम नै नेप्सेको बजेट र कार्यक्रम पारित गर्ने, ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८१ को मस्यौदाबारे छलफल गर्ने हुने बताईएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img