Wednesday, February 11, 2026
spot_img

एनआईसी एशिया बन्ने भयो दुईवटा ओपन म्युचुअल फण्ड संचालन गर्ने पहिलो क्यापिटल

spot_img
spot_img

एनआईसी एशिया क्यापिटलले आफ्नो दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार ३ गते क्यापिटललाई एनआईसी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम संचालनको लागि अनुमति प्रदान गरेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ।

क्यापिटलले यस अघि नै एनआईसी एशिया डायनामिक डेट फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गरिरहेको छ । हाल संचालनमा रहेका खुलामुखी सामुहिक लगानी कोष योजना मध्ये हरेक वर्ष लाभांश दिनेमा एनआईसी एशिया क्यापिटलले संचालन गरेको एनआईसी एशिया डायनामिक डेट फण्ड मात्र रहेको छ।

एनआईसीको यो डेट फण्डले आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८०/८१ सम्म हरेक वर्ष लाभांश दिएको छ। आर्थिक वर्ष २०७८/७९ मा बाहेक फण्डले हरेक वर्ष दोहोरो अंकको प्रतिफल दिएको छ। यस फण्डले आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा ६ प्रतिशत र त्यसपछिका दुई आर्थिक वर्षमा समान १०/१० प्रतिशत लाभांश दिएको छ। फण्डको ४ वर्षको औसत प्रतिफल ९ प्रतिशत रहेको छ ।

यस अघि डेट फण्ड संचालन गरिरहेको क्यापिटलले अब भने इक्विटीमा आधारित खुलामुखी योजना संचालन गर्न लागेको हो ।  यससंगै दुईवटा ओपन म्युचुअल फण्ड संचालन गर्ने पहिलो क्यापिटल एनआईसी एशिया बन्ने भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img