नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज आत्मनिर्भर लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्स बोनस शेयर सूचीकृत भएको हो ।
आज आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ९७ हजार ७ सय १४ दशमलव ८१ कित्ता बोनस शेयर र नेपाल लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन् आउने ८२ लाख ७ हजार ९ सय ६६ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।