Friday, December 12, 2025
spot_img

आईपीओमा कमिशन काण्ड: धितोपत्र बोर्डमा अख्तियारले छापा मार्यो

spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। आज दिउँसो अख्तियारको टोलीले बोर्डको खुमलटार स्थित कार्यालयमा छापा मारेको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्षको नाम लिंदै आईपीओ निष्काशन अनुमतिको लागि भन्दै केही व्यक्तिले कमिशन मागेको विषय बाहिर आएपछि अख्तियारले छापा मारेको हो । अख्तियार छापा मारेर आईपीओ निष्काशनको लागि अनुमति माग गरेका सबै कम्पनीको कागजात नियन्त्रणमा लिएर गएको बताईएको छ।

केही हाइड्रोपावरका संचालकहरुले आईपीओ निष्काशनको लागि अनुमति चाहिने भए कमिशन दिनु पर्ने भन्दै आफुहरुलाई प्रस्ताव आएको बताएका थिए। हाइड्रोका संचालकहरुले ५ देखि ७ प्रतिशतसम्म कमिशन मागेको बताएका थिए। कमिशनको विषय बाहिर आएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने आरोप कपोकल्पित भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज मङ्सिर २६ गते आफ्नो ७...

सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img
spot_img