अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ। आज दिउँसो अख्तियारको टोलीले बोर्डको खुमलटार स्थित कार्यालयमा छापा मारेको हो।
नेपाल धितोपत्र बोर्डका अध्यक्षको नाम लिंदै आईपीओ निष्काशन अनुमतिको लागि भन्दै केही व्यक्तिले कमिशन मागेको विषय बाहिर आएपछि अख्तियारले छापा मारेको हो । अख्तियार छापा मारेर आईपीओ निष्काशनको लागि अनुमति माग गरेका सबै कम्पनीको कागजात नियन्त्रणमा लिएर गएको बताईएको छ।
केही हाइड्रोपावरका संचालकहरुले आईपीओ निष्काशनको लागि अनुमति चाहिने भए कमिशन दिनु पर्ने भन्दै आफुहरुलाई प्रस्ताव आएको बताएका थिए। हाइड्रोका संचालकहरुले ५ देखि ७ प्रतिशतसम्म कमिशन मागेको बताएका थिए। कमिशनको विषय बाहिर आएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने आरोप कपोकल्पित भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।