बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावर लिमिटेडको केही शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको छ। कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाइड्रोको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीसंग न्यादीको १ करोड ७ लाख ५१ हजार ४ सय ५३ कित्ता शेयर छ। कम्पनीले ति मध्ये ३१ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।
न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयरको लकइन अवधि २०८१ कार्तिक ४ गते समाप्त भईसकेको छ । लकइन अवधि सकिएपछि बुटवल पावरले शेयर बेच्न लागेको हो।