Monday, December 8, 2025
spot_img

ब्रोकरले धितोपत्र बोर्डलाई बुझाए ५ बुँदे सुझाव, ब्रोकरलाई पनि आईपीओ निकाल्न दिन माग

spot_img

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेट गरेको छ। सोमबार ब्रोकर संघका पदाधिकारीहरू र धितोपत्र बोर्डका अध्यक्ष तथा बोर्डका उच्च व्यवस्थापनबीच छलफल गरेको हो।

त्यस क्रममा ब्रोकर संघका अध्यक्ष सागर ढकालले  धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउनको लागि विद्यमान व्यवस्थामा नीतिगत रूपमा परिमार्जन गर्नुपर्ने सुझाव पेश गरेका थिए । ब्रोकर संघले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली, २०६४ मा विभिन्न संशोधन गर्न आग्रह गरेको छ।

ब्रोकर संघले नियमावलीमा निम्न संशोधन गर्न आग्रह गरेको छ।

१. ब्रोकरको रुपमा कार्य गरिरहेका वाणिज्य बैंकका सहायक कम्पनीले  आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको धितोपत्र स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न संघले आग्रह गरेको छ । हाल नियमावलीमा त्यस्ता ब्रोकरले आफ्नो मुख्य कम्पनी वा सहायक कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ। बैंकका सहायक कम्पनीको रुपमा रहेका ब्रोकरले शेयर कारोबार गर्नेबारे द्विविधा उत्पादन भएकोले यो संशोधन गर्न संघले आग्रह गरेको हो ।

२.  ब्रोकरले न्युनतम चुक्तापुँजी पुर्याउनु पर्ने समय थप गरेर २०८४ साल असारसम्म कायम गर्न पनि संघले आग्रह गरेको छ। २०८२ असारसम्म तोकिएको पुँजी पुर्याउन असम्भव हुने भएकोले संघले २ वर्षको अवधि थप गर्न माग गरेको छ।

३. शेयरबजारमा सूचीकृत रहेका कम्पनीका कर्मचारीलाई ब्रोकर कम्पनीमा कर्मचारी राख्न सकिने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। बैंकका सहायक कम्पनीको रुपमा रहेका ब्रोकर कम्पनीले बैंकका कर्मचारी राख्न नपाएपछि अहिलेको व्यवस्था संशोधन गर्न संघले आग्रह गरेको हो ।

४. ब्रोकरहरुलाई थप सेवा प्रदान गर्ने अनुमति पनि संघले मागेको छ। ब्रोकर संघले सीमित कार्य गर्ने ब्रोकरलाई ग्राहकको आदेश अनुसार धितोपत्र खरिद बिक्री गर्ने सेवा, केन्द्रिय निक्षेप सेवा अनुमति, राफसाफ सदस्यता अनुमति, प्रोप्राइटरी कारोबार अनुमति, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न अनुमति, र  लगानी व्यवस्थापन सेवाको अनुमति दिन माग गरेको छ ।

त्यस्तै पूर्ण कार्य गर्ने ब्रोकरलाई माथिका सेवा सहित लगानी एडभाइजरी सेवा,  ‘बोर्डले तोके बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने अनुमति, धितोपत्र दलाल सेवा सञ्चालन गरेको १ आर्थिक वर्ष पुरा भएपश्चात धितोपत्र दलाल कम्पनीको आईपीओ निष्काशनको अनुमति दिन संघले आग्रह गरेको छ।

त्यस्तै स्टक डिलरले माथि उल्लेखित सबै सेवा सहित, म्युचुअल फण्ड म्यानेजर सम्बन्धी कार्य गर्ने, धितोपत्र निष्काशनमा प्रत्याभूतिकर्ताको कार्य गर्ने, र धितोपत्र बजारको अनुमति लिई तोकिएको कम्पनीमा दुई तर्फि खरिद बिक्री गर्न आदेश दिन पाउने गरी बजार निर्माताको कार्य गर्ने अनुमति दिन संघले आग्रह गरेको छ ।

५. ब्रोकरले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी निजहरुको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। यस्तो कारोबारको विवरण ब्रोकरहरुले हरेक त्रैमास सकिएको ७ दिन भित्र बोर्डलाई उपलब्ध गराउने प्रस्ताव पनि संघले गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान...

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० तत्कालीन सचिवविरुद्द मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...
spot_img
spot_img