नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सर्वोत्तम सिमेन्ट र मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कुन कम्पनीको कति शेयर सूचीकृत ?
१. सर्वोत्तम सिमेन्टको ७ प्रतिशतले हुन आउने ३२ लाख ५५ हजार कित्ता बोनस शेयर
२. मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशतले हुन आउने ९ लाख ९० हजार कित्ता बोनस शेयर