आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ३०.५२ अंकले बढेर २६४५.२० को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ६९ लाखको कारोबार भएको छ भने सीईडीबी होल्डिंगको १५ करोड २९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ९.५१ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको शेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ। त्यस्तै पोखरा फाइनान्सको शेयर मूल्य ७.७२ प्रतिशत तथा समृद्धि फाइनान्सको शेयर मूल्य ६.०४ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ४.२६ प्रतिशत घटेको छ भने शांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रको शेयर मूल्य ३.७४ प्रतिशत घटेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.३८ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ। आज सबै फाइनान्स कम्पनीको शेयर मूल्य बढेका छन् ।