नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार विभिन्न २ कम्पनीको शेयर सूचीकृत भएको छ। आज सूर्योदय वोमी लघुवित्त र सपोर्ट लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कुन कम्पनीको कति शेयर सूचीकृत ?
१. सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशतले हुन आउने ६ लाख २६ हजार १ सय ९९ दशमलव ७९ कित्ता बोनस शेयर
२. सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशतले हुन आउने १ लाख ४८ हजार २ सय ४५ दशमलव ०९ कित्ता बोनस शेयर