साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक ५४.६२ अंकले घटेर २६१४.६८ को बिन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबारमा आएका ३१७ कम्पनीका १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५ रुपैयाँ ६० पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन ऋण इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ६ लाख तथा नेपाल इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ३५ करोड ९९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये एनएमबि ५० म्युचुअल फण्डको मूल्य सर्वाधिक ३.९४ प्रतिशत बढेको छ भने आइसीएफसी फाइनान्सको ऋणपत्रको शेयर मूल्य ३.८९ प्रतिशत बढेको छ। त्यस्तै कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य २.६८ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत, भूगोल इनर्जीको शेयर मूल्य ७.२७ प्रतिशत, सयपत्री हाइड्रोको शेयर मूल्य ६.४८ प्रतिशत तथा मायाखोला हाइड्रोको शेयर मूल्य ५.६६ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक २.९८ प्रतिशत घटेको छ।