नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भएको छ। आज लक्ष्मी सनराइज बैंक, बिन्धवासिनी हाइड्रो, र साना किसान विकास लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै आज स्वरोजगार लघुवित्तको एफपीओ पनि सूचीकृत भएको छ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कुन कम्पनीको कति शेयर सूचीकृत ?
१. लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५ सय ७७ दशमलव २५ कित्ता बोनस शेयर
२. विन्धवासिनी हाइड्रोको ७.६० प्रतिशतले हुन आउने ७ लाख ९८ हजार कित्ता बोनस शेयर
३. साना किसान लघुवित्तको १३.३० प्रतिशतले हुन आउने ५० लाख ६२ हजार ४ सय ७७ दशमलव १५२ कित्ता बोनस शेयर
४. स्वरोजगार लघुवित्तको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ