Thursday, November 13, 2025
spot_img

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

spot_img

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता भएको छ। फागुन २८ गतेदेखि चैत्र ४ गतेसम्मको अवधिमा १४ कम्पनीको बोनस शेयर धितोपत्र बोर्डमा दर्ता भएको हो । यो कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को बोनस शेयर हो ।

धितोपत्र बोर्डमा बोनस शेयर दर्ता भएसंगै अब ति शेयरहरु नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरणको लागि बाटो खुलेको छ। अब केहि दिन भित्रै ति शेयर नेप्सेमा सूचीकृत हुने छन् । नेप्सेमा सूचीकृत भएपछि र लगानीकर्ताको डिम्याट खातामा आएपछि ति शेयर खरिद बिक्रीको लागि बाटो खुल्ने छ।

कुन कम्पनीको कति बोनस शेयर धितोपत्र बोर्डमा भयो दर्ता ?

१. सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशतले हुन आउने १ लाख ४८ हजार २ सय ४५ दशमलव ०९ कित्ता बोनस शेयर

२. साना किसान लघुवित्तको १३.३० प्रतिशतले हुन आउने ५० लाख ६२ हजार ४ सय ७७ दशमलव १५२ कित्ता बोनस शेयर

३. कुथेली बुखारी स्मल हाइड्रोको १० प्रतिशतले हुन आउने १ लाख २१ हजार ८ सय ६७ दशमलव ५० कित्ता बोनस शेयर

४. नागरिक लगानी कोषको ७ प्रतिशतले हुन आउने ४२ लाख ४० हजार ३ सय ७२ कित्ता बोनस शेयर

५. चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशतले हुन आउने ७९ लाख ८३ हजार ९ सय ९७ दशमलव २० कित्ता बोनस शेयर

६. लक्ष्मी सनराइज बैंकको ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५ सय ७७ दशमलव २५ कित्ता बोनस शेयर

७.  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशतले हुन आउने १४ लाख २० हजार १ सय ७ दशमलव २९ कित्ता बोनस शेयर

८. नेपाल एसबिआइ बैंकको ३.८० प्रतिशतले हुन आउने ३९ लाख ९० हजार ५७ दशमलव ८६७२ कित्ता बोनस शेयर

९. शांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशतले हुन आउने १२ लाख ५२ हजार ८ सय ४४ दशमलव १७ कित्ता बोनस शेयर

१०. माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशतले हुन आउने ३३ लाख ९४ हजार ८ सय ४६ दशमलव ५८ कित्ता बोनस शेयर

११. सुपर माई हाइड्रोको ७ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता बोनस शेयर

१२. सर्बोत्तम सिमेन्टको ७ प्रतिशतले हुन आउने ३२ लाख ५५ हजार कित्ता बोनस शेयर

१३. सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशतले हुन आउने ६ लाख २६ हजार १ सय ९९ दशमलव ७९ कित्ता बोनस शेयर

१४. महालक्ष्मी विकास बैंकको ३ प्रतिशतले हुन आउने १२ लाख ५१ हजार ३ सय ९५ दशमलव ५८ कित्ता बोनस शेयर

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img