नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ करोड कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ। आज नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीको ८८.४५१६८ प्रतिशतले हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । हकप्रद शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।