Tuesday, February 10, 2026
spot_img

नेप्सेको सीईओको लागि ५ जनाको नाम सर्टलिस्ट, बुधबार अन्तर्वार्ता

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ । सीइओ नियुक्तिको लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका १० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो।

समितिले शैक्षिक योग्य र उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजनाको आधारमा सबै भन्दा बढी अंक पाउने ५ जनाको नाम सर्टलिस्ट गरेको जनाएको छ। सर्टलिस्टमा पर्नेमा चुडामणि चापागाई, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् हो । अब सिफारिस समितिले सर्टलिस्टमा परेका यी ५ जनाको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ता लिने छ। त्यसको लागि चैत्र ६ गते बुधबारको मिति तोकिएको छ।

त्यसपछि समितिले ३ जनाको नाम सीइओ नियुक्तिको लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । ति ३ जना मध्ये मन्त्रिपरिषदले एक जनालाई नेप्सेको सीइओ नियुक्त गर्ने छ।

सुरुमा क-कसले दिएका थिए आवेदन ?

१. पूर्ण प्रसाद आचार्य, इलाम

२. बद्रि प्रसाद प्याकुरेल, नुवाकोट

३.नारद कुमार लुइटेल, सर्लाही

४. युवराज दाहाल, झापा

५. प्रविण अधिकारी, काभ्रेपलाञ्चोक

६. चुडामणी चापागाई, झापा

७. बिमल कुमार तिवारी, सिराहा

८.कृष्ण बहादुर कार्की, पाल्पा

९. हेमन्त बश्याल, पाल्पा

१०.मुकन्द राज जोशी, डडेलधुरा

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्रीस्तरीय निर्णय अनुसार नेप्सेको सीईओ नियुक्तिको लागि पदपूर्ति समिति गठन भएको छ। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् । यस अघि नेप्सेको सीइओ रहेका कृष्ण बहादुर कार्कीको कार्यकाल सकिएपछि हाल नेप्सेमा सीइओ पद रिक्त छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img