Thursday, November 13, 2025
spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

spot_img
नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को सहकार्यमा सोमबारदेखि ललितपुरमा ऋणपत्र बजार (बण्ड मार्केट) को विकास सम्बन्धी चार दिने कार्यशाला गोष्ठी शुरू भएको छ । अन्तर्राष्ट्रिय स्तरमा भएका उत्कृष्ट अभ्यासहरूका आधारमा नेपालमा बण्ड मार्केटको विकास तथा विस्तारका लागि आवश्यक छलफलका लागि गोष्ठीको आयोजना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजी बजारको विकासका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने ऋणपत्र बजारको विकास अति आवश्यक रहेको र यसका लागि कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गरे ।
कार्यक्रमको दौरानमा बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ तथा IFC का कन्ट्रि म्यानेजर मार्टिन हल्टम्यान बिच साईडलाईन छलफल समेत भएको थियो । छलफलमा बोर्ड अध्यक्षद्वारा नेपालको ऋणपत्र बजार विकासमा IFC ले खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दै समग्र पुँजी बजारको विकासका लागि आगामी दिनमा समेत सहकार्य रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोर्डका कर्मचारीहरू, IFC का प्रतिनिधि, विश्व बैंकका वरिष्ठ पुँजी बजार विज्ञहरू सहभागी छन्।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img