नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोल्टी होटेल, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोको बोनस शेयर सूचीकृत भएको हो ।
बोनस सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कुनको कति बोनस शेयर सूचीकृत ?
सोल्टी होटेलको १० प्रतिशतले हुन आउने ९२ लाख ९० हजार ८ सय ९९ कित्ता बोनस शेयर ।
एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशतले हुन आउने ६ लाख ११ हजार ६ सय ५ दशमलव ८५ कित्रता बोनस शेयर ।
मन्दाकिनी हाइड्रोको ५ प्रतिशतले हुन आउने ३ लाख ७ हजार ९ सय ८४ दशमलव ३३ कित्ता बोनस शेयर ।