साताको दोस्रो दिन आज सोमबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १०.९८ अंकले घटेर २६७७.३२ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३५ रुपैयाँ ३ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल रिपब्लिक मिडियाको सर्वाधिक २४ करोड ४४ लाखको कारोबार भएको छ भने सीईडीबी होल्डिंगको १५ करोड ३८ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये न्यादी हाइड्रोपावर लिमिटेड र गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ८.८४ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ८.२४ प्रतिशत तथा सामुदायिक लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशत घटेको छ । आज अदर्स समूह ०.२३ प्रतिशत तथा ट्रेडिङ समूह ०.१० प्रतिशत बढेको छ। यी दुई बाहेक आज अरु सबै समूहगत सूचक घटेका छन्। ।