Monday, February 10, 2025
spot_img

दोहोरो अंकले घट्यो शेयरबजार, विकास बैंक समूहमा सर्वाधिक गिरावट

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १४.०८ अंकले घटेर २७१५.९१ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७ सय ७५ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ८७ लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये जोशी हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ८.३० प्रतिशत बढेको छ । त्यस्तै मध्य भोटेकोशीको शेयर मूल्य ८.२५ प्रतिशत तथा न्यादी हाइड्रोको शेयर मूल्य ८.१९ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै सप्तकोशी डेभलपमेन्टको शेयर मूल्य ९.९९ प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयर ४.७७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये अन्य समूहको सूचक ०.४३ प्रतिशत तथा हाइड्रो समूह ०.१५ प्रतिशत बढेको छ। बाँकि सबै समुहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समूह सर्वाधिक २.६० प्रतिशत घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...